Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कोरोनाबाट २० नभई दुई/तीन जनाको मात्रै मृत्यु भएको प्रधानमन्त्री ओलीको जिकिर


0
Shares

काठमाडौं, असरा ४३ । प्रधानमन्त्री केपी ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको जिकिर दाहोर्याएका छन् ।

राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’

अरु कारणले मृत्यु भएकामा पनि पनि संक्रमण देखिए कोरोनाबाटै मरेको मान्नुपर्ने मापदण्ड डब्लुचओले बनाएकाले मात्र संख्या बढेको उनको जिकिर छ । २० जनाकै मृत्यु हुँदा पनि त्यो अरु धेरै देशको तुलनामा कम भएको तर्क प्रधानमन्त्री ओलीले गरे ।

उनले भने, ‘प्रति १० लाखमा मृत्युदर शून्य दशमलव ७ प्रतिशत छ । यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो ।’