१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024


प्रदेश सरकार फटाफट हिँड्ने अवस्था छैन : मुख्यमन्त्री राई


0
Shares

विराटनगर, असोज १७ । प्रदेश नम्बर–१ सरकारको प्रदेश समन्वय परिषदको बैठक विराटनगरमा सुरु भएको छ ।

बैठकमा प्रदेश तथा स्थानीय तहले गर्ने काम–कारबाहीमा नीतिगत समन्वय, योजना व्यवस्थापनमा साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोगलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, प्राकृतिक स्रोत–साधनको उपयोग र बाँडफाँटसम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने विषयमा पनि छलफल हुनेछ ।

बुधबार बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले कानुन निर्माणको प्रक्रिया पूरा नहुँदा संघ, प्रदेश र स्थानीय तहबीच जटिलता पैदा भएको बताए ।

प्रदेश सरकार फटाफट हिँड्ने अवस्था नरहेको भन्दै उनले कतिपय अवस्थामा संघीय सरकारसँग पनि शक्ति बाँडफाँटको समस्या रहेको उल्लेख गरे ।

बैठकमा प्रदेश–१ का १३७ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, १४ जिल्लाका जिल्ला समन्वय समितिका संयोजक र प्रदेश सरकारका मन्त्री तथा सचिवहरुको सहभागिता रहेको छ ।