२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


सेयरबजार सामान्य अंकले हरियो


0
Shares

काठमाडौं, असोज १६ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार भने सामान्य अंकले हरियो रहेर थामियो ।

यसदिन नेप्से २ अंकले हरियो रहेर १२ सय ४१ अंक कायम भएर थामियोे ।

यसदिन बजारमा जीवनबिमा समूह १४ अंकले बढ्यो । बैंकिङ, व्यापार, निर्जीवन बिमा, अन्य, वित्तिय समूह पनि सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका २० लाख ४० हजार कित्ता सेयर ४५ करोड ५९ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।