११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


४५ लाख बराबरको गाँजाको चिप्पडसहित एकजना पक्राउ


0
Shares

काठमाडौं, असोज १६ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मंगलबार बिहान २९५ किलो गाँजाको चिप्पडसहित बारा, सिमराका प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ ।

ट्यांकर चालक ठकुरीले पेट्रोल ट्यांकरको तेल कम्पार्टमा गाँजा लुकाएर रक्सौलतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले मकवानपुरको मनहराबाट नियन्त्रणमा लिएको हो ।

ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बरामद गरिएको गाँजाको चिप्पड (प्रशोधित गाँजा) झन्डै ४५ लाख रुपैयाँ बराबरको भएको बताए ।

प्रहरीले ठकुरीलाई ट्यांकरसहित नियन्त्रणमा राखेको छ ।