Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


शेयर बजारझिनो अंकले हरियो


0
Shares

काठमाडौं ।

आज दिनभरको उतारचढावकाबीच शेयर बजार परिसुचक नेप्से अन्तिम समयमा सुधारिएर २ अंकले बढ्दै २५ सय ७४ विन्दुमा बिन्दुमा पुगेको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज ३ सय ५४ स्टक १ करोड १२ लाख बढी कित्ता शेयर ३ अर्ब ९३ करोडमा किनबेच भएको नेप्सेले जनाएको छ ।

१३ उपसमूहमध्ये आठको सूचक बढेको बजारमा पाँच उपसमूहको सूचक घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूह बढेका छन् ।

१८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावरको शेयर २६ करोड ६ लाख बढीको कारोबार भएको छ । आज १ सय ४० कम्पनीको शेयर मूल्य बढ्दा १ सय २७ कम्पनीको घटेको छ ।