Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

प्रतियोगिता भदौ १९ देखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने

0
Shares

काठमाडाैं । पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक भएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो । यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडाैंको वसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ । एनभीएलको पहिलो संस्करण यहि भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने तयारी छ ।

यस अघि यो भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो । तर आयोजक केडिया ग्रुपले गत शुक्रबार नयाँ मिति तय गरेको हो । पहिलो संस्करणमा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडाैं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्ग्स र कर्णाली शिवराज रहेका हुन् । गत साउन १० गते घरेलु खेलाडीको ‘अक्शन’ भइसकेको छ ।