Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


न्यायको अनुभूति जनतालाई दिलाउन छिटो न्याय सम्पादन गर्न आवश्यक: प्रधानन्यायाधीश शर्मा

उच्च अदालतहरूलाई २ वर्ष पुराना मुद्दा शून्यमा झार्न निर्देशन

0
Shares

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले जनतालाई न्यायको अनुभूति दिलाउन छिटो न्याय सम्पादन आवश्यक रहेको बताउनुभएको छ।

उच्च अदालत पोखरा बागलुङ इजलासको भवन उद्घाटनमा शनिबार पुगेका प्रधानन्यायाधीश शर्माले यस्तो बताउनुभएको हो। उहाँले उच्च अदालतहरूलाई दुई वर्ष पुराना मुद्दा शून्यमा झार्न निर्देशन समेत दिनुभएकाे छ । छिटो न्याय सम्पादनका लागि प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे।

उहाँले भन्नुभयाे-‘जनताले छिटो न्याय पाएमात्रै न्याय पाएको महसुस गर्नेछन्। प्रविधिमा अब्बल न्यायालय हुन आवश्यक छ । उच्च अदालतहरूले दुई वर्ष पुराना मुद्दा शून्यमा झार्नुपर्छ।’

सकभर जिल्ला अदालतबाटै मुद्दाको टुंगो लगाउन सकेमा जनतालाई सहज हुने प्रधानन्यायाधीश शर्माले बताउनुभयाे। देशैभरमै बालविवाह, सम्बन्धविच्छेद र जबरजस्ती करणी लगायत मुद्दा बढ्नु राम्रो नभएको उहाँकाे भनाइ छ।