
काठमाडौं । मोडलिङ र एरोविक्स डान्स प्रशिक्षकका रुपमा ब्यस्त रहेको नयन डिसीले ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ बोलको गीतमा अर्को धमका मचाएका छन् ।
तेजु अर्यालको उक्त गीतमा नयनलाई मोडल निरन्जली लामाले दमदार नृत्यसहितको अभिनय प्रस्तुत गरेकी छिन् ।
तेजु अर्यालकै शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियोलाई भुवन स्याङबो तामाङले निर्देशन गरेका छन् ।
पवन सुस्लिङले खिचेको भिडियोमा पुस्कर योन्जनको कोरियोग्राफी छ । डान्सिङ लोक पप उक्तमा गीतमा ग्रुभी बोइज र एसके गल्र्सले साथ दिएका छन् ।
विन्ध्याबासिनी म्यूजिकले सार्वजनिक गरेको भिडियोमा आकर्षक नृत्यसँगै रमाइलो अभिनय पनि हेर्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्