काठमाडौं। जापानमा हुने २० औं एशियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलाेर जाने भएकाे छ।
टोलीका खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेकाे र प्रशिक्षकमा रेणुदेवी कोण्डा रहेका हुन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मूल लगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
खेलाडीले बैंगलाेरस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । टोलीकाे आगामी सेप्टेम्बर ८ तारिखमा स्वदेश फर्किने कार्य तालिका रहेकाे हाे । २० औं एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्