Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


आफूलाई पायक पर्ने बिक्रेतामा सम्पर्क गरी आजदेखि ग्यास खरिद गर्न उपभोक्तालाई निगमकाे आग्रह

दैनिक विवरण बुझाउन उद्योगीलाई निर्देशन

468
Shares

काठमाडौं । नेपाल आयल निगमले सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ।

निगमले एक सूचना जारी गर्दै आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर सङ्ख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको जनाएकाे छ।

ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी अनिवार्य रूपमा सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हाे। अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न निगमले आग्रह गरेकाे छ।

साथै, ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला फ्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको हाे। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेतको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।