काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियनमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३-० गाेलले पराजित गर्दै सन २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
प्रिन्सिपालिटी स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले शुरूवातमै अग्रता बनाएकाे हाे । खेल शुरु भएको २३ सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिकार्डो कालाफिओरीले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । आर्सनलले २८औं मिनेटमा अग्रता दोब्बर बनाएकाे हाे । नयाँ खेलाडी क्रिस्टोस त्जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभट्र्जले हेडमार्फत गोल गरेका थिए ।
दोस्रो हाफ शुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल थपेकाे हाे । त्जोलिसको पासमा ओडेगार्डले सिटीको पेनाल्टी क्षेत्रमा बल पाएका थिए। एफए कप विजेता सिटीमाथिको जितसँगै आर्सनलले पछिल्लो चार महिनामा दोस्रो उपाधि जितेको छ । आर्सनलको यो समग्रमा १८औं कम्युनिटी शिल्ड उपाधि समेत हो ।









प्रतिक्रिया दिनुहोस्