Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सरकारले आफ्नो लक्ष्य र वाचा अनुसार काम नगरे हस्तक्षेप गर्छौंः सभापति लामिछाने


949
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचा अनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ ।

काठमाडाैंमा नेपाली युवा उद्यमी मञ्चको २२ औं वार्षिक साधारण सभामा बाेल्दै सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उहाँले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पार्नुभयाे।

सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको उल्लेख गर्नुभएकाे छ। सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै उहाँले कहिलेकाहीँ प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) बाट नआत्तिन आग्रह गर्नुभयाे ।

सभापति लामिछानेले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ।

Skip This