काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ।
बिहीबार तोलामा आठ हजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ९ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार तोलामा चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको थियाे।चाँदी शुक्रबार चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार दुई सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्