Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


फिफा अध्यक्ष इन्फान्टिनोले गल्ती स्वीकार गर्दै माफी मागे, पदमै कायम रहने स्पष्टाेक्ति


650
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्ना तर्फबाट ‘गल्ती’ भएको स्वीकार गर्दै माफी मागेका छन्।

इन्फान्टिनोले चौतर्फी आलोचना र विरोधका बाबजुद पनि फिफा अध्यक्ष पदबाट राजीनामा नदिने र पदमै कायम रहने स्पष्ट पारेका हुन्। मोरक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बोलाइएको व्यवस्थापन बोर्डको आकस्मिक बैठकपछि अध्यक्ष इन्फान्टिनोले आफ्नो गल्ती महसुस गरेका छन्। बैठक सकिएको चार घण्टापछि फिफाले एक विज्ञप्ति जारी गर्दै उच्च अधिकारीले इन्फान्टिनोलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको हाे।

प्रतियोगितामा निजी लगानी भित्र्याउने उद्देश्यले ल्याइएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) प्रस्तावलाई पारदर्शी नभएको भन्दै युरोपेली फुटबल निकाय (युइएफए) ले इन्फान्टिनोमाथिको विश्वास गुमेको घोषणा गरिसकेको छ। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले समेत यस घटनाक्रमलाई ‘दुःखद र निन्दनीय’ भनेका थिए।

यद्यपि, बैठकपछि महासचिव ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले इन्फान्टिनोको नेतृत्वप्रति पुनः पूर्ण समर्थन व्यक्त गरेका छन्। र ग्राफस्ट्रोमले संयुक्त रूपमा फिफाका उपाध्यक्षहरू, काउन्सिल सदस्य र २ ;o ११ वटा सदस्य संघलाई पत्र पठाउँदै प्रक्रियागत त्रुटिप्रति क्षमायाचना गरेका छन् र भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष इन्फान्टिनोले पुरुष तथा महिला विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावलाई समर्थन गरे बापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर दिने आश्वासन दिएका थिए। मिडियामा खबर सार्वजनिक भएपछि फिफा काउन्सिल र सदस्य संघलाई प्रक्रियाबाट बाहिर राखिएको भन्दै तीव्र असन्तोष बढेको थियो।

Skip This