Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी भने बढ्याे


2.3k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ।

सोमबार तोलामा आठ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। चाँदी सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी मंगलबार चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ३० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।