Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


शेयर बजार झिनो अंकले घट्याे


78
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार झिनो अंकले नकारात्मक बनेको छ ।

विहान बजार खुलेको केही समय बढेर २७ सय माथि पुगेको बजार परिसूचक नेप्से अन्तिममा १ दशमलव ४३ अंकले नकारात्मक हुँदै २६ सय ८४ दशमलव ४४ को विन्दुमा बन्द भएको हो ।

नेप्सेमा रहेका उपसमूहहरु मध्ये आज सात वटा उपसमूह बढेका छन् भने ६ वटा उपसमूह घटेका छन् । १४१ वटा कम्पनीको शेयर मूल्य घट्दा १२६ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । आज पनि एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तर रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सर्वाधिक ७ प्रतिशत बढी गुमाएका छन् । दिनभरमा ३४९ वटा स्टकको एक करोड १४ लाख ४९ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।