काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।
निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।
नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै उहाँले देशको मौलिक मान्यताविपरीत यस्ता अवाच्छित घटना हुनु चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्