एजेन्सी । अमेरिका र साउदी अरेबियाले सयुक्त रुपमा इराकका सात प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा २० जना इराकी लडाकु मारिएका छन् ।
आक्रमणमा परि ३२ जना घाइते भएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । अमेरिका र साउदीले इराकमा सक्रिय इरान–समर्थित लडाकु समूहहरू विरुद्ध आक्रमण गरेका हुन् ।
केही दिनयताको शान्तिपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरि गरेको क्षेप्यास्त्र प्रहारले व्यापक क्षति भएको बताइएको छ । जोर्डनको सेनाले भने आज बिहान प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र निस्तेज पारि खरालिएको दाबी गरेको छ ।
आक्रमणसँगै बढ्दो तनावबीच हर्मुज जलमार्गको आवतजावत व्यवस्थापनबारे विवाद झन चर्किएको छ । इरानले ओमानले अघि सारेको जलमार्ग विभाजनको प्रस्ताव अस्वीकार गर्दै जलमार्गको आगमन मार्गमा पूर्ण नियन्त्रण र प्रस्थान मार्गमा आंशिक नियन्त्रण हुनुपर्ने माग राखेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच युद्धको पछिल्लो अवस्थाबारे वार्ता भएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको छलफल सकारात्मक र फलदायी भएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्