काठमाडौं । सर्वोच्च अदालतले अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) तत्काल नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मंगलबार आवश्यक नीति, निर्देशिका र मापदण्ड नबनेसम्म प्रत्यक्ष प्रसारण रोक्न आदेश दिएको हो। साथै, प्रसारण गरिएका भिडियो तोडमोड गरी भ्रम फैलाउने गतिविधि नगर्न पनि निर्देशन दिएको छ।
विशेष अदालत र उच्च अदालत जनकपुरले सुरु गरेको लाइभ स्ट्रिमिङ अभ्यासविरुद्ध दायर रिटमाथिको सुनुवाइपछि सर्वोच्चले उक्त अन्तरिम आदेश जारी गरेको हो।









प्रतिक्रिया दिनुहोस्