Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कोशी प्रदेश सरकारको घोषणा


767
Shares

काठमाडौं ।
कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई २ लाख रुपैयाँ राहत दिने भएको छ ।

प्रदेश सरकारले आगजनीबाट घर, पसल र अन्य सम्पत्तिमा क्षति पुगेका परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा पनि गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय पनि गरेको छ ।

बैठकले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा प्रशासनबीच समन्वयात्मक पहल गर्ने निर्णय पनि गरेको छ । पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो ।