१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


‘कानुनी शिक्षामा धेरै विद्यार्थीको रुचि’


0
Shares

काठमाडौं, असोज १३ । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय पनि थप गरेको जानकारी दिएको छ ।

विश्वविद्यालयले शनिबार काठमाडौंमा कार्यक्रम गरी शनिबारैदेखि एलएलबीको पढाइ सुरु गरेको जनाएको हो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनी शिक्षामा धेरै विद्यार्थीहरुको रुचि भएको बताउँदै ‘ल’का कलेजहरुले पढाउने ठाउँको अभाव हुँदा पनि भर्ना गर्नुपर्ने बाध्यता रहेको बताए ।

श्रेष्ठले देशमा कानुन व्यवसायीको अभाव भइरहेको भन्दै यसले आवश्यकता पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले विश्वविद्यालयले कानुनी शिक्षा दिनेमात्र नभइ गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले अर्को वर्ष सातओटै प्रदेशमा यो योजना विस्तार गरिनुपर्ने बताए ।