Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


फेसबुकमा प्राविधिक समस्या


78
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ ।

विशेषगरी डेस्कटप (वेब ब्राउजर) मार्फत फेसबुक प्रयोग गर्ने प्रयोगकर्ताले यस्तो समस्या भोगिरहेका छन् । फेसबुकका पेज तथा व्यक्तिगत खाताहरू खोल्ने प्रयास गर्दा ‘अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको छ ।

फेसबुकमा देखिएको सन्देशमा भनिएको छ, “खाता अस्थायी रूपमा उपलब्ध छैन । वेबसाइटमा आएको प्राविधिक समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन । हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस् ।”

हाल यो समस्या किन आएको हो भन्नेबारे फेसबुकको मूल कम्पनी मेटाले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । प्राविधिक समस्या समाधानका लागि काम भइरहेको अनुमान गरिएको छ ।

प्रयोगकर्ताहरूलाई केही समयपछि पुनः प्रयास गर्न तथा आधिकारिक जानकारीका लागि मेटाको सूचनाको प्रतीक्षा गर्न सुझाव दिइएको छ ।