८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


‘सडकको संरचना सुधार हुन नसक्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै’


0
Shares

काठमाडौं, असार ७ । महानगरीय ट्राफिक महाशाखाले सडकको संरचना सुधार हुन नसक्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको जनाएको छ ।

महाशाखाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्तले दुर्घटना न्यूनिकरणका लागि सडक सञ्जाललाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

सवारी साधनको संख्या बढ्दै गए पनि सडकको अवस्था सुधार हुन नसक्दा काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा समस्या भएको उनले बताए ।

उनले सवारी जाम कम गर्न सडक सञ्जाल विस्तार तथा सुधार गर्न सुझाव दिए ।

यसैबीच ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आज ट्राफिक इञ्जिनियरहरुसँग छलफल गरेको छ । छलफलमा इञ्जिनियरहरुले बढ्दो सवारी जाम नियन्त्रण गर्न सडकको अवस्था सुधारको विकल्प नभएको बताए ।