Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्यूरो अस्पतालमा सफल शल्यक्रिया


0
Shares

काठमाडौं ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । ब्रेन ट्युमर भएपछि गत मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो।

अहिले उहाँ अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

अभिनेता तथा निर्माता दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। हाल उनी आइसियूबाट जनरल वार्डमा स्वास्थ्यलाभ गर्दैछिन्।

‘छ माया छपक्कै २’ को सुटिङकै बीचमा दीपाश्रीलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो।