Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


काठमाडौंमा अर्का एक जनाले गरे आत्मदाह प्रयास


8.3k
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

बिहान करिब ६:२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

घटनाबारे सूचना पाउनेबित्तिकै प्रहरी टोली पुगेर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण उनले आत्मदाहको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।

यसअघि काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए, जसको उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै, सर्लाहीका अर्का एक व्यक्तिले पनि आत्मदाह प्रयास गरेपछि हाल कीर्तिपुरमा उपचार भइरहेको छ।