काठमाडौं । स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्यानाडाको भ्यानकुभरमा रहेको बिसी प्लेसमा बुधबार बिहान भएकाे खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा ४-३ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।
कोलम्बियाका डेभिन्सन सान्चेज र कुको हर्नान्डिज पेनाल्टीमा चुकेका थिए । त्यस्तै, स्विट्जरल्याण्डका मेनुल अकान्जी चुक्दा नतिजा ४-३ गाेल हुन पुग्यो । स्विट्जरल्याण्डले अब क्वाटरफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएकाे छ।
अर्जेन्टिना इजिप्टलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे।









प्रतिक्रिया दिनुहोस्