Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


अर्जेन्टिना इजिप्टविरूद्ध उत्कृष्ट पुनरागमन गर्दै विश्वकप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश

इजिप्ट भने ३-२ गाेल अन्तरले पराजित

13
Shares

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएकाे खेलमा इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाले इजिप्टलाई ३-२ गाेलले पराजित गरेकाे छ। खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो ।

यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेका थिए । भीएआर परीक्षणबाट इजिप्टले त्यसअघि फाउल गरेको देखाएसँगै उक्त गोलले मान्यता पाएन । त्यसपछि उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० गाेलको स्थितिमा ल्याएका थिए । खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २-० गालले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए ।

८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका हुन्। दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याएका थिए । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विट्जरल्याण्ड र कोलम्बियाबीचको खेलबाट तय हुने विजेतासँग खेल्ने भएकाे छ ।