काठमाडौं । स्पेन फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकामा मंगलबार बिहान सम्पन्न भएको खेलमा स्पेनले पोर्चुगललाई १-० गाेलले पराजित गर्दै क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ९१ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गरेका थिए ।
जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन। पोर्चुगलसँगको खेलमा पनि त्यसले निरन्तरता पाएको हाे । स्पेनले अमेरिका र बेल्जियमको खेलबाट तय हुने विजेतासँग क्वाटरफाइनल खेल्ने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्