काठमाडौं । फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्डले प्रि-क्वाटनरफाइनलको भिडन्त सुनिश्चित गरेको छ ।
शुक्रबार बिहान भएकाे खेलमा स्विट्जरल्याण्ड अल्जेरियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रामा प्रवेश गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलो र ड्यान एनडोएले गोल गरेका थिए। पहिलो हाफको १० औं मिनेटमा गोल गर्दै एम्बोलोले स्विट्जरल्याण्डलाई अग्रता दिलाएका हुन । दोस्रो हाफको ४६ औँ मिनेटमा एनडोएले गोल थपेका छन् ।
सन् १९७५ पछि नकआउट चरणमा स्विट्जरल्याण्डले दुई गोल गरेको यो पहिलो पटक हो । विश्वकपको अन्तिम १६ मा स्विट्जरल्याण्डले अब कोलम्बिया र घानाबीचको खेलबाट तय हुने विजेतासँग खेल्ने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्