माधव पोखरेल, उदयपुर । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले बुधबार नगरसभा तथा १७ औँ अधिवेसनमा आर्थिक वर्ष २०८३/ ०८४ कालागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रस्तुत गर्नुभएकाे छ ।
त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित उक्त नगरसभा तथा १७ औँ अधिवेसनमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै नगरप्रमुख बस्नेतले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौ योजना, स्थानीय सरकारसञ्चालन ऐन २०७४, संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम दिगो विकास लक्ष्य संघ तथा प्रदेशले जारी गरेको नीति, कानुन तथा मापदण्डहरुलाई आधार मानेर गरिएको बताउनुभयाे ।
बजेटमा आन्तरिक श्रोतबाट १६ करोड ५० लाख६५ हजार, राजस्व बााडफाँडबाट २३ करोड ४६ लाख ६१ हजार २सय ३८, प्देश सरकारको सशर्त अनुदान चालु तर्फको ५करोड ४६ लाख २४ हजार, प्देश सरकारको पुँजीगत तर्फको समानीकरण अनुदानमा २ करोड ३ लाख ४५ हजार प्राप्त हुने अनुमानित आयमा रहेको छ ।
संघीय सरकारबाट रु ८५ करोड ८१ लाख, बाँडफँडबाट प्राप्त हुने मुल्य अभिवृद्धि करबाट १५ करोड १० लाख ९६ हजार,अन्त शुल्कबाट ६ करोड ४७ लाख ५६ हजार, सवारी साधनकरबाट १ करोड ८७ लाख ९९ हजार २सय ३८ प्राप्त हुने र चालु वर्षको बाँकी मौज्दातकाे ५ करोड ४९ लाख ८८ हजार ७सय ६२ गरी कुल १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगरसभामा प्रस्तुत गरिएको छ ।
नगरप्रमुख बस्नेतले आर्थिक विकासमा कृषि क्षेत्रमा कृषि विकास रणनीतिक योजना बमोजिमका नगर कृषि विकास कार्यक्रमहरु तरजुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्