Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्की-दप्की गरेप्रति अध्यक्ष राईकाे आपत्ति

रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्नेमा जाेड

65
Shares

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्की-दप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाकाे शुक्रबार बैठकमा बोल्दै उहाँले उक्त सुरक्षा बलले नेपाली नागरिकमाथि हप्की-दप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्नुभएकाे हाे । त्यसकाे बारेमा रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताउनुभयो । अध्यक्ष राईले नेपाली सेना भने सीमा क्षेत्रमा जानै नहुने के कमस खाएर बसेको छ भनि कटाक्ष समेत गर्नुभएकाे छ।

अध्यक्ष राईले यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसदलाई जानकारी गराउन सचेत गराउनुभयो । अध्यक्ष राईले आफनो भूमिको लागि नेपाली नागरिकले मात्रै लडनुपर्ने दुखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभएकाे छ।

अध्यक्ष राईले संविधानले सूचनाको हकको व्यवस्था गरेकाले उक्त विषयमा सरकारले संसदलाई यथार्थ कुरा जानकारी गराउनुपर्ने बताउनुभयो ।