Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गरिंने

39
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएका छन् ।

प्रतिनिधिसभाकाे बैठक मंगलबार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरु गर्ने सम्भावित कार्यसूची रहेकाे छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेकाे हाे ।

अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छ । तर, मंगलबार पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी राजनीतिक दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोमबार बसेको संसद्‌मा रहेका दलका नेताहरूको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसक्दा बैठक सञ्चालन हुन सकेको थिएन ।

त्यस्तै, राष्ट्रियसभाको बैठक पनि मंगलबार दिउँसाे सवाँ १ बजे बस्ने भएकाे छ ।