Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


परराष्ट्रमन्त्री खनाल पुगे नयाँ दिल्लीमा

भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा

0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुग्नुभएकाे छ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल दिल्ली जानुभएकाे हाे। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका परराष्ट्रमन्त्री खनाललाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुका साथै अन्य उच्चस्तरीय भेटघाटहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । यस भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी सहयोगका क्षेत्रहरूलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको हाे ।

भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी सहयोगका क्षेत्रहरूलाई अझ फराकिलो बनाउने अपेक्षा गरिएको हाे ।

शिशिर खनाल