हेटौँडा ।
काठमाडौँ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन जेठ ११ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार नीति, बजेट र समसामयिक विषयमा छलफलका लागि अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरिनेछ ।
बैठकले मन्त्रालय संख्या घटाएपछि कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ । यसअघि १४ मन्त्रालयलाई घटाएर आठ कायम गरिएको थियो, जुन साउन १ देखि लागू हुनेछ ।
त्यस्तै, स्वास्थ्यतर्फ भक्तपुर अस्पतालमा डा. त्रिलोचन चन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मासिठलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्