Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


राजस्व कार्यालय हेटौंडाद्वारा १० महिनामा ६ अर्ब रूपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षमा ८ अर्ब ४४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

13
Shares

काठमाडाैं । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार बढी अर्थात् पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व संकलन भएको बताउनुभएकाे हाे । । गत वैशाखसम्ममा अन्त शुल्कतर्फ तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार र आयकरतर्फ एक अर्ब दुई करोड चार लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ ६ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको हाे ।प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकाे बताउनुभयाे।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने लगायतका अभियान सञ्चालन गरी करिब १० करोड भन्दा बढी पुरानो वक्यौता अशुली भएको राजस्व कार्यालयले जनाएकाे छ ।