काठमाडाैं । नवनियुक्त संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार आयोजित एक समारोहकाबीच उहाँले शपथ लिनुभएको हो । उहाँलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो ।
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ । सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गर्नुभएको थियो ।
संवैधानिक एवं कानूनी व्यवस्था संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ।










प्रतिक्रिया दिनुहोस्