Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


0
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् ।

यसअघि सरकारले खारेज गरेका नियुक्तीबाट बचेका भट्टले बुधबार राजीनामा गरेका हुन् ।

भट्टले आफ्नो पदबाट राजीनामा दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।