काठमाडाैं । सरकारले कार्यविभाजन नियमावली र भूमि सम्बन्धी नियमहरू स्वीकृत गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ को संशोधन प्रश्तावलाई समेत स्वीकृति प्रदान गरिएको बताउनुभयो ।
बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानूनी प्रावधानलाई परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुई जना प्रतिनिधि सभा सदस्यहरूलाई मनोनयन गर्ने निर्णय गरेको हाे । जसमा सांसद सुशील खड्का र सांसद योगेश गौचन थकाली रहनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्