Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


स्मार्ट टेलिकम प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे प्रहरीकाे नियन्त्रणमा


0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

स्मार्ट टेलिकम प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुधबार बिहन पाण्डेलाई पक्राउ गरेको हो । सरकारको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रुपमा एनसेललाई बिक्री गरेको अभियोगमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले यसअघि सोही प्रकरणमा शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ गरेकाे थियाे ।