काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसद बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ नदिने हुनुभएकाे छ ।
प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएकाे हाे । यस अघि प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिनुहुने भएकाे छ । प्रतिनिधिसभाको बैठक अहिले केही बेरमा शुरु हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यहि वैशाख २८ गते संघीय संसद बैठकमा वाचन गर्नुभएकाे थियाे । त्यसमाथि बुधबार छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र बुधबारै पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्