Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै


13
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर निवर्तमान सभापति शेरबहादुर समूहले बुधबार काठमाडौंमा भेला गर्ने भएकाे छ।

भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार दिउँसो १ बजेदेखि शुरू हुने एक नेताले बताएका हुन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा यहि वैशाख २३ गते सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बाेलाउने निर्णय गरेको थियो ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ । यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।