एजेन्सी। सन् २०२६ को पहिलो तीन महिनामा तालिवान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्द्वका कारण मृत्यु हुनेअफगानी नागरिककाे संख्या ३ सय ७२ जना पुगेकाे छ ।
दुई देशबीचको द्वन्द्वका कारण अन्य ३ सय ९७ जना घाइते भएकाे संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको हाे । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तानबीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढेका खबरमा उल्लेख गरिएकाे छ।
तालिवान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ । यद्दपि यो आरोपको तालिवानले खण्डन गर्दै आएको हाे । यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्द्वमा १ सय ३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ ।
अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि चलिरहेको सीमापार झडप गग वर्षको अक्टोबरमा झनै चर्किएको थियो ।










प्रतिक्रिया दिनुहोस्