Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


‘रात्रिकालीन यातायात बन्द मात्रै दुर्घटनाको विकल्प होइन’ : प्रमुख सचेतक थापा


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रात्रिकालीन यातायात बन्द गर्नु मात्रै दुर्घटना कम गर्ने विकल्प नभएकाे बताउनुभएकाे छ।

पूर्वाधार विकास समितिको बैठकमा आफ्नो धारणा राख्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । ट्राफिक सचेतनाका कार्यक्रमहरुको प्रभावकारितामाथि पनि प्रश्न उठाउनुभएको छ । सचेतनाका कार्यक्रमहरु थुप्रै भएपनि त्यसको मूल्यांकन र फिडब्याक लिने परिपाटीमा कमजोरी रहेको बताउनुभएको हो । कर्णाली प्रदेशको सन्दर्भमा कुरा राख्दै उहाँले रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले जनजीवनमा पारेको असरबारे ध्यानाकर्षण गराउनुभयो । उहाँले दुर्घटना न्युनिकरणका लागि अन्य विकल्पहरु खोजिनुपर्ने र सर्वसाधारणमाथि थपिएको सास्तीलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिनुभएकाे छ ।…

बैठकमा विभागीय मन्त्रीले राख्नुभएको योजना र ऐन कानूनका विषयमा टिप्पणी गर्दै सचेतक थापाले ती योजनाहरु कार्यान्वयनको तहमा आउनुपर्ने माग गर्नुभयो ।