Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


अमेरिका र इरानबीचको तनाव फेरी उत्कर्षमा

इरानमाथि पूर्ण विजय हासिल गर्न आफ्नो सेना दृढ रहेको राष्ट्रपति ट्रम्पकाे जिकिर

65
Shares

एजेन्सी । अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम अहिले जीवन मरणको अवस्थामा रहेको भन्दै स्थिति गम्भीर भएको चेतावनी दिनुभएकाे हाे। इरानले पठाएको पछिल्लो प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गरेसँगै विश्व बजारमा तेलको मूल्यमा भारी वृद्धि भएको छ । उहाँले इरानको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै कडा प्रतिक्रिया दिनुभयाे ।

अमेरिका इरानमाथि पूर्ण विजय हासिल गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले खाडी क्षेत्रमा महिना दिनदेखि कायम युद्धविराम अब अन्त्यको नजिक पुगेको संकेत गर्नुभएको छ। यता इरानले पनि अमेरिकी दबाब सामु नझुक्ने स्पष्ट पारेको हाे । इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले आफ्नो सेना जुनसुकै आक्रमणको सामना गर्न र जवाफ दिन तयार रहेको बताउनुभएको छ ।

यो कूटनीतिक गतिरोधका कारण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुल्ने आशा तत्कालका लागि समाप्त भएको हाे । यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा पर्न थालेको छ । कच्चा तेलको मूल्य आकाशिएको छ । विश्व बजारमा मलको अभाव हुने देखिएको हाे ।