Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


संसदमा प्रधानमन्त्री शाहको व्यवहार र पोशाकप्रति सांसदहरूको आपत्ति

संसदीय मर्यादा पालना गराउन सभामुखमार्फत ध्यानाकर्षण

0
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले साेमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचैमा संसदबाट बाहिरीए पछि प्रधानमन्त्री बालेन्द्र शाहको सर्वत्र आलोचना भएको छ ।

राष्ट्रपति पौडेलले सरकार आफैंले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममै प्रधानमन्त्री शाहःउठेर हिँडेपछि संसदभित्र र बाहिर व्यापक रुपमा आलोचना भएको हो । प्रधानमन्त्री शाहले देखाएको व्यवहारले संसदीय परम्परा र मर्यादामा आघात पुगेकोमा विभिन्न राजनीतिक दलहरु तथा नागरिक समाजले समेत विरोध जनाएका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत भईसकेपछि बसेको प्रतिनिधी सभा बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले नियमापत्ति गर्दै आपत्ति जनाउनुभयो ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा राष्ट्रिय पोसाक नलगाएको बारेमा आपत्ति जनाउँदै बरालले सभामुखमार्फत रुलिङको माग गर्नुभएकाे छ । त्यस्तै, नीति र कार्यक्रमको प्रधानमन्त्री शाहले बीचमै बहिष्कार गरेर हिँडेकोमा पनि आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको नीति र कार्यक्रमको दृष्टिकोण के हो भन्दै प्रश्न गर्नुभयो । यो सँगै राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर प्रधानमन्त्री शाहले संवाद र छलफल गरेको बारेमा पनि उहाँले आपत्ति जनाउनुभएकाे छ ।

त्यस्तै, कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन गरेको ठहर गरेको छ । नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री नै बैठकको अन्त्यसम्म उपस्थित हुन नचाहनु र अस्वभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दिएको जनाउनुभयाे ।

प्रधानमन्त्री शाहबाट साेमबार संसदमा प्रदर्शित व्यवहारलाई संसदीय मर्यादा अनुकूल मान्न नसकिने भन्दै कांग्रेसले प्रधानमन्त्रीको अमर्यादित तथा अशोभनीय व्यवहारप्रति गम्भीर असहमति प्रकट गरेको छ । कांग्रेस र एमाले बाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री शाहको व्यवहारलाई केटाकेटी पाराको संज्ञा दिनुभयाे ।

नेकपाका मुख्य सचेतक युवराज दुलालले यो घटनालाई अशोभनियका रुपमा टीप्पणी गर्नुभएको छ । अन्य दलका नेताहरुसहित नागरिक अगुवाहरुले पनि संसदमा प्रधानमन्त्री शाहको व्यवहारको कडा आलोचना र टिप्पणी गरेका हुन् ।