Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राष्ट्रपति पाैडेलले संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने मस्यौदा स्वीकृत गर्ने सरकारकाे निर्णय


0
Shares

काठमाडाैं । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरूकाे बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले सोमबार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधान अनुरूप सरकारले राष्ट्रपतिको सम्बोधनको विषयवस्तुलाई औपचारिक रूपमा स्वीकृत गर्ने निर्णय गरेको हो ।