२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला


0
Shares

डीबी विष्ट

बझाङ, असार ७ । रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ ।

थलारा गाउँपालिका–६ सेरालागाउँ की १२ वर्षीया पावर्ती गिरीको शव गाउँ नजिकैको वनमा रुखमा पासो लगाएको अवस्थामा फेला परेको हो ।

प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलका अनुसार बुधबार बेलुका गाउँ नजिकै रहेको वनमा झुण्डिको अवस्थामा बालिकाको शव फेला परेको हो ।

बालिकाको शव परीक्षणका लागि स्वास्थ्य चौकी झोतामा ल्याइएको छ ।