Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीच बेइजिङमा मे १४ तारिखमा शिखर वार्ता हुने

वार्ता व्यापार तथा सुरक्षा एजेण्डामा केन्द्रित

26
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा उच्चस्तरीय शिखर वार्ता हुने भएको छ ।

ह्वाइट हाउसले यो भ्रमण आगामी यहि मे १४ तारिखमा हुने जनाएकाे हाे । ह्वाइट हाउसकी उप–प्रेस सचिव एना केलीले राष्ट्रपति ट्रम्प मे १३ तारिखको साँझ बेइजिङ पुग्नुहुने बताउनुभयाे । उहाँले आफ्नो भ्रमणको शुरुवात प्रसिद्ध टेम्पल अफ हेभनको भ्रमणबाट गर्नुहुने भएकाे छ । दुई राष्ट्र प्रमुखबीच आधिकारिक स्वागत समारोहपछि शिखर वार्ता हुने हाे ।

वार्तामा विशेषगरी उड्डयन, कृषि, र ऊर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू हुने अपेक्षा गरिएको छ । पश्चिम एशिया र युरोपमा बढ्दो सैन्य तनावकाबीच हुन लागेको यो भेटमा राष्ट्रपति ट्रम्पले इरानसँगको टकराव, ताइवानको मुद्दातथा इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा संवेदनशीलता बारेमा आफ्नो स्पष्ट र कडा दृष्टिकोण राख्नुहुने ह्वाइट हाउसले जनाएकाे हाे ।

राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीचको शिखर वार्ताले विश्वलाई नयाँ मोड दिनसक्ने जानकारहरु बताएका छन् । खासगरी इरान युद्धमा दुई फरक धारमा देखिएका शक्ति राष्ट्रले शान्ति बहालीमा निर्णायक भूमिका खेल्न सक्ने सामर्थ्य राख्ने गर्दछ।