Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कांग्रेसले कर्णाली प्रदेशस्तरीय भेला आज गर्दै


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय भेला साेमबार शुरु गर्ने भएकाे छ ।

सुदुरपश्चिममा प्रादेशिक भेला सम्पन्न गरिसकेको कांग्रेसले साेमबार र मंगलबार सुर्खेतको विरेन्द्रनगरमा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो । भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने कांग्रेसले जनाएकाे हाे ।

त्यसैगरि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा भेला केन्द्रित हुने भएकाे छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापतिहरु सहभागी हुने भएका छन् ।

दुईदिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएकाे हाे ।