Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रास्वपाको सचिवालय बैठक आज बस्दै (६-कार्यसूचीसहित)


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्ने भएकाे छ।

बैठक आइतबार साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने रास्वपाले जनाएकाे हाे। बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ । बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने रास्वपाले जनाएकाे हाे ।

सचिवालय बैठकको कार्यसूची तल उल्लखे गिरएकाे छ:

१) भेला, अधिवेशन विशेष तालिका ।
२) आयोग, विभाग पदाधिकारी मनोनयन ।
३) जिल्ला समिति विघटन ।
४) अनुशासनात्मक कारबाही सम्बन्धमा।
५) केन्द्रीय समिति बैठक ।
६) विविध ।